मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने अभियान केही समयदेखि तिव्र रुपमा अगाडी बढिरहेको छ। यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा पण्डित दिनबन्धु पोखरेलको कथावाचन सहितको सात दिने सप्ताह पुराणको आयोजना गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

एएनएमसीले सामुदायिक भवन निर्माणको लागि सक्रिय रुपमा काम गरिरहेको छ। एएनएमसीको यो अभियानमा विभिन्न संघसंस्था तथा सामाजिक अगुवाहरुले पनि सक्रिय भूमिका खेलिरहेका छन्। ती मध्येका सामजिक अगुवा तथा एनआरएनएका पूर्व अध्यक्ष बम योञ्जन भन्नुहुन्छ, ” सामुदायिक भवनले नेपाली समुदायलाई हलको आवश्यकता त पूरा गर्दिन्छ नै, नेपालीहरुको पहिचान समेत जोगाइदिनेछ। यस महासप्ताहलई भव्यताका साथ सफल बनाऔं। एकजुट होऔं । सामुदायिक भवन जतिसक्दो छिटो बनाऔं । ”

महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments