काठमाडौँ । मंसिर १० मा भएको पहिलो चरणको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम प्राप्त हुने क्रम जारी छ ।

अहिलेसम्म घोषणा भएको परिणाम अनुसार वाम गठबन्धनले फराकिलो अग्रता बनाउने देखिएको छ । सबैभन्दा पहिलो मतपरिणाम हिमालापारीको जिल्ला मुस्ताङबाट आएको छ ।

त्यहाँ पूर्वमन्त्री रोमी गौचन थकालीलाई हराउँदै एमालेका उम्मेदवार प्रेम तुलाचनले बाजी मारेका छन् ।

कहाँ को विजयी भए ?

मुस्ताङमा एमालेका प्रेम तुलाचन प्रतिनिधि सभा
रुकुम पुर्वमा माओवादी केन्द्रकी कमला रोक्का प्रतिनिधि सभा
मनाङमा एमालेका पाल्देन छोपाङ्ग गुरुङ्ग प्रतिनिधि सभा

प्रदेश सभातर्फ

मुस्ताङ (क) इन्द्रधारा विष्ट नेकपा एमाले
मुस्ताङ (ख) महेन्द्र बहादुर थकाली नेकपा एमाले
मनाङ (क) चिन्ताबहादुर घले नेपाली कांग्रेस

Comments