अछाम । चौरपाटी गाउँपालिका–५ लुंग्रामा रहेको दयापिपलतोला मावि मतदान केन्द्रमा झडप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । उक्त स्थानमा अहिले नेपाली सेनाको हेकिप्टरले हवाई गस्ती गरिरहेको छ । झडपमा के कती घाईते भए भन्ने यकिन हुन नसकेको स्थानीय बताएका छन् ।

अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताईएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

Comments

comments