काठमाडौं महाराजगंजकी आयुषा अर्याल हाल अष्ट्रेलियाको मेलबर्नमा बस्नुहुन्छ । प्रस्तुत छ, मेलबर्नमा रहेर आफ्नो अध्ययन र करियरलाई अगाडी बढाइरहनुभएकी आयुषा संग गरिएको यो छोटोमिठो ब्युटी टक :

नेपालमा तपाईंको स्थायी ठेगाना ?

मेरो घर काठमाडौं, महाराजगंजमा हो ।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?

गेमिंग एटेनडेन्ट।

तपाईंका रुचीहरु ?

खान बनाउने, साथीहरुसंग रमाइलो गर्ने, सपिङ्ग गर्ने, यस्तै … ।

फेशनमा कत्तिको रुची राख्नुहुन्छ ?

फेशनप्रति त धेरै नै चासो राख्छु ।

तपाईंलाई मन पर्ने फेशन ट्रेन्ड ?

त्यसरी, यही फेशन ट्रेन्ड नै भन्ने छैन । नयाँ नयाँ ट्रेन्डहरु प्रयोग गर्न मन पर्छ।

लुगाहरु प्राय: कहाँ किन्ने गर्नुहुन्छ ?

मलाई स्पोर्ट्स वेयर धेरै मन पर्छ । त्यसैले प्राय: जारा, एडिडास, नाइकका स्टोरहरु, त्यस्तै स्पोर्ट्स गर्लल्याण्ड लगायत अरु स्टोरहरुमा पनि जान्छु। राम्रो गुणस्तर संगै मूल्य पनि आफूले दिन सक्ने हुनुपर्यो।

कुन ब्राण्डको लुगा र जुत्ता किन्ने गर्नुहुन्छ ?

यही नै ब्राण्ड भन्ने छैन । गुणस्तर, हेर्दा राम्रो अनि आफूले किन्न सक्ने हुनुपर्यो । जुत्ताहरुमा चाहिं प्राय: नाइक ब्राण्डको रोज्छु ।

नेपाली ट्रेडिसनल ड्रेसहरु कहाँ किन्ने गर्नुहुन्छ ?

नेपाली लुगाहरु प्राय: म नेपालबाट नै मगाउँछु । मेरो परिवारले किनेर पठाइदिनुहुन्छ। थोरै मात्र यहाँ, मेलबर्नमा किनेको छु ।

ती नेपाली ड्रेसहरु कत्तिको महँगो छन् र आफूले चाहेको अनुसारको कत्तिको पाउनुभएको छ ?

आफूले चाहे अनुसारको, राम्रो नै पाइन्छ । मूल्य चाहिं मैले अहिलेसम्म किनेकोमा आठ हजार देखि ५० हजारसम्म तिरेको छु ।

अष्ट्रेलियामा नेपाली ड्रेसहरु सुलभ मूल्य र सहज रुपमा उपलब्ध हुनको लागि के गर्नुपर्ला ?

गुणस्तरसंगै अलि धेरै मात्रामा नेपाली ड्रेसहरु ल्याउनुपर्छ जस्तो लाग्छ। त्यसो भयो भने मूल्यमा पनि केही कमी आउंथ्यो कि !

ब्युटी सलुन कत्तिको जानुहुन्छ ?

महिनामा एकपटक जान्छु ।

नेपालीहरुले संचालन गरेको ब्युटी सलुनमा जाने गर्नुहुन्छ? त्यहाँको सेवा कस्तो लाग्छ?

जान्छु । नेपालीहरुले संचालन गरेका ब्युटी सलुनहरुले राम्रो सेवा प्रदान गर्ने गर्छन्

नेपाली ब्युटी सलुन संचालकहरुको लागि के सुझाव दिन चाहनुहुन्छ ?

उनीहरु निकै नै मेहनत गर्छन् । मलाई लाग्छ, उनीहरुको जति मेहनत छ, त्यो अनुपातमा ग्राहक सन्तुष्ट छैनन् । त्यसैले उनीहरुले ग्राहकको चाहना, ग्राहकले सेवा लिसकेपछी उनीहरुको सन्तुष्टि र सुझाव, चलिरहेको ब्युटी ट्रेन्ड आदिलाई बुझ्न सक्ने हो भने अझ धेरै राम्रो गर्न सक्छन ।

Comments

comments