मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा विशेष गरि नेपालबाट आएका नयाँ युवाहरुको सीप दक्षतामा अभिवृद्धि गरि जागिरको लागि सहयोग गर्ने उद्देश्यले ‘बरिस्ट ट्रेनिंग’ को आयोजना गरिएको छ । विद्यार्थीहरुको सहयोगको लागि विभिन्न रचनात्मक योजनाहरु अगाडी बढाइरहेको बिएमडब्लु एजुकेशनले उक्त ट्रेनिंगको आयोजना गरेको हो ।

आयोजक बिएमडब्लु एजुकेसनका विष्णु सापकोटा भन्नुहुन्छ, ” युवाहरुलाई कफीशपको क्षेत्रमा करियर विकास गर्न तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले हामीले पहिला पनि यो तालिमको आयोजना गरेका थियौं । उक्त तालिममा सहभागी भएका युवाहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिए भने सिमित सिटका कारण सहभागी हुन नपाएका युवाहरुले फेरी पनि तालिमको आयोजना गर्न आग्रह गरे। ती प्रतिक्रियाहरुले गर्दा नै हामीले नियमित रुपमा यो तालिम संचालन गर्ने योजना बनाएका हौँ। ” दुई घण्टासम्म चल्ने बरिस्ट ट्रेनिंगमा सहभागीहरुलाई अष्ट्रेलियामा कसरि काम खोज्ने र रिजुम कसरि बनाउने भन्ने बारेमा पनि प्रशिक्षण दिइने समेत उहाँले बताउनुभयो ।

तालिम प्रत्येक आइतबार बेलुका ३ बजेदेखि ५ बजेसम्म हुनेछ। तालिममा सहभागी हुन चाहने युवाहरुले 03 9614 3440 मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्। तालिम योजनाको लागि बिएमडब्लुलाई Bell St Canteen र New Concept Finance ले सघाएका छन् । नेपालमा समेत भरपर्दो कन्सल्टेन्सीको रुपमा युवाहरुलाई सेवा दिइरहेको बिएमडब्लु एजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलियाको मेलबर्नमा लाइब्रेरी, नयाँ विद्यार्थीहरुको लागि फ्री पिक अप सेवा, अन्तरक्रिया कार्यक्रम, कामहरुको बारेमा जानकारी आदि सेवा दिंदै आएको छ।

 

 

Comments

comments