काठमाडौँ । नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरित मतदातालाई मतदान केन्द्र नजिकै खाजा नास्ता बाँडेका छन् ।

मतदान गर्न जाने र मतदान गरेर आउनेहरुलाई बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१२ को फत्तेपुरमा मतदान केन्द्र अगाडि कांग्रेस कार्यकर्ताले खाजा बाँडिरहेका हुन् ।

निर्वाचन आचारसंहितामा मददान केन्द्र नजिक मतदातालाई प्रभावित गर्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।

Comments

comments