मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

एएनएमसीले महासप्ताह सफल बनाउनको लागि डा. चन्द्र दिपक पोखरेलको अध्यक्षतामा ५०१ महायज्ञ व्यबस्थापन मुल समारोह समिती गठन समेत गरेको छ। यस बारेमा बोल्दै सामाजिक अगुवा प्रकाश सेढाई भन्नुहुन्छ, ” सप्ताहलाई सफल बनाउनको लागि मैले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको छु। सामुदायिक भवन नेपाली समुदायको लागि आवश्यक छ र यसको लागि सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ। तर, महासप्ताहलाई सफल बनाउनको लागि भनि जुन व्यवस्थापन मूल समारोह समिति गठन गरियो, त्यसमा मेरो विमति छ । जबर्जस्ति सर्वसम्मत भन्दै पक्षपाति तरिकाले समिति गठन गरिएको छ । ” उहाँले थप्नुभयो, ” यसमा सबै क्षेत्र, समूहका व्यक्तिलाई समेटिएको छैन ।”

एनएमसीले विभिन्न संघ संस्था तथा समुदायका प्रतिनिधिहरुसंग छलफल कार्यक्रम गरि अध्यक्षमा डा: चन्द्र दिपक पोखरेल, मूख्य सचिवमा केसव कंडेल, उपाध्यक्षमा जोग लिम्बु, सल्लाहकारमा एनआरएनका अध्यक्ष शेष घले र भिक्टोरीयाका लागि अवैतानिक राजदुत चन्द्र योञ्जन, कोषाध्यक्षमा अनुपम पोखरेल , कार्यकारी कोषाध्यक्षमा राजेश आचार्य, सचिवमा सुनिल भण्डारीलाई ५०१ महायज्ञ व्यबस्थापन मुल समारोह समितीको रुपमा चयन गरेको थियो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ। यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम संकलन गर्ने लक्ष्य लिइएको छ ।

Comments

comments