काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले युएईसँग भिड्दै छ ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा युएईले टस जितेर पहिले फिल्डीङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

शिख जायद क्रिकेट रंगशालामा जारी खेल दुवै टोलीका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि डिभिजन ‘टु’ मा घटुवा भइसकेकाले नेपाल र युएईबीचको खेल प्रतिष्ठाका लागि मात्रै भइरहेको हो ।

गत महिना भएको छैटौं चरणको खेलमा हङकङले एक खेलमा हार र अर्को खेलमा अंक बाँडेपछि नेपाल डिभिजन ‘टु’ मा झरेको थियो । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा छ ।

Comments

comments