काठमाडौं । सरकारले मुलुकभित्र आधुनिक नर्सरीबाट गुणस्रीय नर्सरीसहितको सुन्तला बगैंचा स्थापना गर्न किसानलाई अनुदान दिने नीति लागू गरेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

बृहत् सुन्तला जात (सुन्तला, कागती, जुनार) अनुसन्धान, विकास र विस्तार कार्यक्रम सञ्चालन कार्यविधि २०७४ लागू गरी ८५ प्रतिशतसम्म अनुदान कार्यक्रम अघि सारिएको कृषिविकास मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले सुन्तला, कागती र जुनारका पुराना बिरुवा पूर्णरुपमा नष्ट गरी आधुनिक नर्सरीबाट गुस्तरीय नर्सरीसहितको सुन्तला बगैंचा स्थापना गर्न अनुदान दिने भएको हो ।

Comments

comments