काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २१ गते दोस्रो चरणमा हुन लागेको ४५ वटा जिल्लामा निर्वाचनको तयारी पूरा भएकाले निर्धक्क भएर मतदानगर्न मतदातालाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले सुरक्षाको बलियो प्रबन्ध गरेकाले ढुक्क भएर मतदानगर्न आग्रह गरेका छन् । उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’

यद्धपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्ववारलाई लक्षित गरेर घटाइएका घट्नाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।’

निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै उनले निर्वाचनलाई पर्वको रूपमा लिएको बताए । उनले भने, ‘निर्वाचनको तयारीका क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रूपमा लिएका छौँ, त्यसैले दृढतापूर्वक मतदान गर्न आह्वान गर्दछु ।’

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भइसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाइ भएती सबै समस्याहरू हलगर्नका लागि हामी तयारी अवस्थामा बसेका छौँ ।’ आयोगका पदाधिकारीहरू निर्वाच नहुने ४५ वटै जिल्लाको लागि सूक्ष्म अनुगमनगर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनका लागि समेत सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा रहेको यादवले जनाए । त्यस्तै मतगणनाको लागिपनिआयोगले आवश्यकनिर्देशिकाजारी गरिसकेको पनिउनले स्पष्ट पारे । ‘आवश्यक निर्देशिका मात्रै होइन, मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भुगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराईन्छ’ उनले थपे ।

प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरि आयोगले निर्देशनदिएको पनिउनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्नानहोस् भनेर निर्वाचनअधिकृतलाई सिसिटीभी राख्नको लागि निर्देशन दिइएको उनको भनाई थियो । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौँ’ यादवले भने ।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यानदिनु पर्ने उनको आग्रह थियो । उनले थपे,‘मौन अवधि सुरु भइसकेको छ, उम्मेदवारदेखि अरू सबैले पालना गर्नुपर्छ, सञ्चारमाध्यमले पनि पालना गर्नुपर्छ, म आँफै स्वयम् कार्यालयबाट घर जाने क्रममा बाटोमा देखिएका निर्वाचन प्रचारका सामाग्रीहरू समेत हटाउने गरेको छु ।

पहिलो चरणको निर्वाचनमा हिमाली, विकट स्थानमा हुँदा ६५ प्रतिशतमत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा७० प्रशितभन्दा बढी मत खस्ने यादवको अनुमान छ ।

Comments

comments