सप्तरी । सप्तरीमा नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवारमाथि छुरा प्रहार भएको छ ।

क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार सहमुल अलीमाथि अज्ञात समूहले छुरा प्रहार गरेको छ ।

मोटरसाइकलमा घर गइरहेका अलीमाथि बोदे वरसाईन नगरपालिका स्थित विहुल नदीमा अज्ञात समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका अलीको उपचार स्थानिय नर्सिंग होममा उपचार भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमाशंकर सिंहले जानकारी दिए ।

Comments

comments