मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले थैव, ललितपुरबाट अष्ट्रेलिया आएकी रिकिता श्रेष्ठसँग कुराकानी गरेका छौं । उनी अहिले मेलबर्न स्थित डिकेन युनिभर्सिटीमा म्यानेजमेन्ट विषय लिएर अध्ययन गर्दैछिन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी:

तपाईको घर कहाँ पर्छ ?

थैव, ललितपुर ।

कहाँ पढ्दै हुनुहुन्छ ?

म अष्ट्रेलियाको मेलबर्न सहरमा रहेको डिकेन युनिभर्सिटीमा पढ्दैछु ।

के पढ्दै हुनुहुन्छ ?

म अहिले म्यानेजमेन्ट विषय लिएर मास्टर्स लेभलमा पढ्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?

मिलेर भनौं। परिवारसंगको सल्लाहमा आफूले राजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?

विद्यार्थी जीवन संघर्षको साथमा रमाइलो अवस्था हो। काम र पढाइको तनावसंगै नयाँ कुरा सिक्न पाउनु विद्यार्थी जीवनको विशेषता हो जस्तो लाग्छ। यसको यही विशेषतामा नै रमाइलो छ।

विद्यार्थी जीवन किन नरमाइलो ?

दिनदिनैको तनाव र सधै कलेज धाउनुपर्ने पक्ष नरमाइलो जस्तो लाग्छ ।

कलेजमा लभ गर्नु ठीक हो ?

त्यो त, व्यक्ति-व्यक्तिमा भर पर्छ । करियर र लभ अफेयर बिचमा ब्यालेन्स मिलाउन सक्नेहरुको लागि नराम्रो होइन।

लेक्चर मीठो कि लभलेटर ?

लेक्चर बोरिङ्ग हुन्छ तर केही नयाँ कुरा सिक्न पाइन्छ । त्यसैले पछि सम्मको लागि मिठो त, लेक्चर नै होला।

कक्षामा कस्तो बेला निदाइन्छ ?

धेरै थकान वा लेक्चर धेरै नै बोरिङ्ग लाग्यो भने निन्द्रा लाग्छ। तर निदाउँदिन ।

कक्षामै देखेको कुनै मीठो सपना ?

छैन त्यस्तो।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?

यहाँ काम र पढाइको बिचमा सन्तुलन मिलाउनुपर्ने संघर्ष छ । त्यसैले अष्ट्रेलियाको बसाइले विद्यार्थीलाई कामको सम्मान गर्न र आत्मनिर्भर बन्न सिकाउँछ । विभिन्न देशबाट आएका साथीहरुसंग संगत गर्न पाइने हुनाले, सम्बन्ध विस्तार संगै एक अर्काको संस्कृति र विचारलाई बुझ्ने अवसर पनि यहाँ पाइन्छ। यहाँ अनावश्यक रुपमा एक अर्काको मूल्यांकन गर्ने, खुट्टा तान्ने प्रवृत्ति पनि हुँदैन । र, यहाँ विद्यार्थीहरुको लागि अर्को राम्रो पक्ष भनेको, कक्षा छुट्यो भने पनि हामीले लेक्चरको भिडियोबाट पढ्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments