एजेन्सी । यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन् ।

भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको मृत्युसँगै देशद्रोही लडाकूले निम्त्याएको संकटको अन्त्य भएकोे घोषणा गरिएको छ । साउदी टेलिभिजन संस्था अल–अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतले पनि सालेह मारिएको पुष्टि गरेकोे छ ।

लामो समयदेखि जारी राजनीतिक तनाव र विद्रोही नियन्त्रित राजधानी सन्आमा रहेको एक मुख्य मस्जिदमाथिको नियन्त्रणलाई लिएर उत्पन्न विवादका कारण भीषण झडप भएको थियो ।

बुधबार रातिदेखि भएको झडपमा परी कम्तीमा १ सय २५ जनाको ज्यान गएको र २ सय भन्दा बढी घाइते भएका छन् । तर शनिबार सालेहले हादीको समर्थन गर्दै आएको साउदी–नेतृत्व गठबन्धनसँग नाकाबन्दी अन्त्यको प्रस्ताव राख्दै यमनमा नयाँ अध्याय शुरु गर्न सकिने उल्लेख गरेका थिए ।

संयुक्त राष्ट्रसंघका अनुसार गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरेयता यमनमा महिला तथा बालबालिकासहित साढे आठ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ । र झण्डै ५० हजार घाइते भएका छन् ।

Comments

comments