काठमाडौं । अभिनेता राजवल्लव कोइराला विवाह बन्धनमा बाँधिएका छन् । केही समय अगाडी प्रतिमा बिमली संग ईन्गेजमेन्ट गरेका कोइरालाले यसै साता लगनगाँठो कसेका हुन् ।

हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ को छायांकनका क्रममा अमेरिका पुगेका राज फेरि नेपाल फर्किएनन्। उनले अमेरिका बस्दै आएकी झापाकी प्रतिमालाई जीवनसाथी चुनेका हुन्।

अभिनेता राजवल्ल र प्रतिमा दुवै अमेरिकास्थित डालसमा बस्दै आइरहेका छन् । राजवल्लभ पछिल्लो समय चलचित्र बाट टाढा छन् । तर,उनको अभिनयलाई दर्शकले मन पराउने गरेका छन् ।

 

Comments

comments