मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने अभियान केही समयदेखि तिव्र रुपमा अगाडी बढिरहेको छ। यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा पण्डित दिनबन्धु पोखरेलको कथावाचन सहितको सात दिने सप्ताह पुराणको आयोजना गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

एएनएमसीले सामुदायिक भवन निर्माणको लागि सक्रिय रुपमा काम गरिरहेको छ। एएनएमसीको यो अभियान बारे बोल्दै एएनएमसीका उपाध्यक्ष लालप्रसाद कंडेल भन्नुहुन्छ, ” सामुदायिक भवन निर्माणको लागि ठूलो रकम चाहिने हुनाले महासप्ताहको आयोजना गरिएको हो। यो नेपालको पहिचान सहितको भवन, हामी सबैको गौरव हुनेछ । त्यसैले ‘म’ होइन, ‘हामी’ को भावनाले अगाडी बढौं। सबै मिलेर महासप्ताहलाई सफल बनाऔं।” उहाँ मेलबर्नमा रहेको नेपाली समुदायका सक्रिय समाजसेवी समेत हुनुहुन्छ।

महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments