काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको प्रतिमा फेरी पनि तोडफोड भएको छ । अराजक समूहले अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा रहेको मेस्सिको प्रतिमा तोडफोड गरेको हो।

मेस्सीको प्रतिमा गएको वर्षको जुनमा अनावरण गरिएको थियो । त्यसयता यो सहित दुईपटक प्रतिमा तोडफोड भएको छ ।

अराजक समूहले प्रतिमालाई गोली गाँठो भन्दा केही माथिबाट फुटाएर लडाएका छन् । प्रहरीले तोडफोडको कारण थाहा नभएको र अनुसन्धान भइरहेको जनाएको छ ।
अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् । गएको जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।

Comments

comments