नेपालका लागि अमेरिकी राजदुतावासले संचालनमा ल्याएको पुस्तकालय बस नेपालको बिभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने बिद्यार्थीहरु भएकै ठाउँमा पुगेर राजधानी काठमाडौँ फर्किएको छ |

10695047_10152435280949151_1619108069_n

राष्ट्रिय बाल दिवसको दिन आज राजधानी स्थिति नयाँ सडक  वरपरका सामुदयिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई लक्षित गरि पुस्तकालय बस बसन्तपुर दरवारक्षेत्रमा अडिएको छ | बालबालिकाका लागि उपयोगी हुने पुस्तक संगै सुबिधा सम्पन्न अध्ययन सामग्री जडित पुस्तकालय बसमा इन्टरनेट सविध सहितको कम्प्युटर, ल्यापटप र ट्याब्लेटस् पनि उपलब्ध छ | पुस्तकालयमा इतिहास, बिज्ञान र प्रविधि र बाल साहित्यका पुस्तकहरु छन् | किताबै किताबले सजिएको आकर्षक बसले यस अघि उपत्यका बिभिन्न  बिद्यालयहरु पुगि उपत्यका बाहिरका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालय सम्म भ्रमण गरि पुनः काठमाडौँ फर्किएको हो | अमेरिकी दुतावासको अवधारणा अनुरुप गत नोभेम्बर २२ बाट “बुक बस”ले ठाउँ ठाउँमा पुगेर बालबालिका र पढ्न रुचाउने अरु ठुला मानिसहरुलाई समेत पुस्तकालय अध्ययनको अनुभव प्रदान गरेको छ |

Comments

comments