एजेन्सी । बलिउडका चर्चित अभिनेता शशी कपुरको सोमबार ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेता, निर्माता र निर्देशकका रूपमा प्रख्यात कपुरको स्वास्थ्यमा केही समयदेखि समस्या देखिएको थियो ।

उनले कयौँ हिन्दी र अंग्रेजी फिल्ममा काम गरेका थिए । उनले निर्देशकका रूपमा पनि कयौँ सफल हिन्दी फिल्मको निर्माण गरेका छन् ।

उनका सफल फिल्महरूमा जुनुन (१९७८), कलियुग (१९८०), ३६ चौरङ्गी लेन (१९८१), विजेता (१९८२), उत्सव (१९८४) लगायत रहेका छन् ।

Comments

comments