चपली (काठमाडौँ) । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले बम विस्फोट भएपछि घाइते भएर ढलेकालाई रुँदै उठाएका छन् । ।

बुढानिलकण्ठ नगरपालिका–२ भंगालको प्रचार सकेर फर्कने क्रममा चपलीस्थित महादेव कोलनीनजिकै बम आक्रमण गरिएको थियो ।

स्थानीय राजकुमार खरेल खत्रीको घर नजिक आफूलाई लक्षित गरी गराइएको बम बिस्फोटमा परेर घाइते भएकालाई थापाले रुँदै उठाएका हुन् ।

‘उहाँले मलाई हतार छ अलि छिटो छिाटो हिँडाओ भन्नुभएको थियो, हामीले त्यही अनुसार उहाँलाई कुदाएका थियौ’ चुनावप्रचारमा गगनसँगै रहेका भीमबहादुर श्रेष्ठले जनता समाचारसँग भने, ‘खत्रीजीको घर कट्नासाथ बम पड्कियो, गगन ५-६ सेकेण्डले जोगिनु भयो ।’

प्रत्यक्षदर्शीका अनुसार उनी चुनाव प्रचारका लागि त्यहीबाट हुँदै भंगाल गएका थिए । भंगालबाट चुनाव प्रचार सकेर फर्किने क्रममा उनीसहितको टोली मध्यान्ह १२ बजेर ५ बजे बम आक्रमणमा परेका थिए ।

गगन केही सेकेन्डले बाँचेको घटनालाई भगवानले नै जोगाएको थापाले प्रतिक्रिया दिए । ‘बम बिस्फोटपछि १०-१२ जनामा बाटोमा पल्टिएको देख्यौ । एकजनाको घुँडा नै क्षतबिक्षत् भएको थियो’ श्रेष्ठले घटनाविवरण सुनाउँदै भने, ‘त्यस्तो देख्दा साथ गगनले रुँदै घाइतेलाई उठाउन थाल्नुभयो ।’

श्रेष्ठका अनुसार गगन सुरक्षाकर्मीलाई नलिई चुनाव प्रचारमा हिँडेका थिए । यो घटनामा गगनसहित ११ जना घाइते भएका छन् । जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ । गगन भने उपचारपछि शिक्षण अस्पतालबाट डिस्र्चाज भइसकेका छन् ।

Comments

comments