सर्लाही । सर्लाहीको कर्मैयामा पे्रसर कुकर बम विष्फोट भएको छ । कर्मैयाको पुतली चौकबाट करिव ३ किलोमिटर दक्षिण गोडारी खोलाको ड्राईभर्सनमा सोमबार बिहान बम विष्फोट भएको हो ।

बिहान ६ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटना स्थल आसपासमा पे्रसर कुकर र बमको छर्रा छरिएको अवस्थामा भेटिएको छ । बिस्फोटबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

बम राख्ने व्यक्तिको खोजी भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।  यसैबीच सदरमुकाम मलंगवा स्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको सवारीमा बम बिस्फोट भएको हो । एच पी १९ सी ९९७३ नम्वरको गाडी भित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको डिएसपी थापाले बताए । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

comments