मेलबर्न । अष्ट्रेलियाको मेलबर्न अहिले महासप्ताहको तयारिमा जुटिरहेको छ। मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउनको लागि आवश्यक सहयोग रकम संकलन गर्ने उद्देश्य सहित महासप्ताहको आयोजना गरिएको हो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने सप्ताह पुराण भव्यताका साथ सम्पन्न गर्नको लागि एएनएमसी संगै नेपाली समुदायका अगुवाहरु लागिपरिरहेका छन् । महासप्ताहको मूख्य आयोजक एएनएमसीका महासचिव केशव कंडेल भन्नुहुन्छ, ” महासप्ताह सामुदायिक भवन निर्माणको लागि सहयोग रकम संकलन गर्न आयोजना गरिएको हो । महासप्ताहबाट उठेको रकमले नेपाली पहिचान सहितको सामुदायिक भवन निर्माण गर्न सक्यौं भने, पछिल्लो पुस्ताको लागि नेपालको चिनारी हुनेछ। त्यसैले धर्ममा आस्था राख्नेहरुले धर्मको लागि र धर्ममा आस्था नराख्नेहरुले समाजसेवाको लागि यो महासप्ताह सफल पार्न लागि पारौं । हामी सबै मिल्यौं भने हाम्रो लक्ष्य सजिलो गरि हासिल गर्न सकिनेछ। ” उहाँ एनआरएनए भिक्टोरियाको संयोजक समेत हुनुहुन्छ।

सामुदायिक हितको लागि सहयोगी बन्ने आशा लिइएको यो महासप्ताह पुराण आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ ।

Comments

comments