एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले सानदार जित हासिल गरेको छ । लिग अन्तर्गत आइतबा राति भएको खेलमा म्यानचेस्टर सिटीले १३ औं जित हासिल गरेको हो ।

म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । पहिलो हाफमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाए पनि दोस्रो हाफमा चम्किएको म्यानचेष्टरले जित हासिल गर्यो। निकोलस र डेविड सिल्भाले केविन डि ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यो जितसँगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ । चेल्सीले गएको सिजन लगातार १३ खेल जित्दै बनाएको कीर्तिमानमा म्यानचेस्टर सिटीले बारबरी गरेको हो । यस्तै आर्सनलले पनि सन् २००१/०२ को सिजनमा लगातार १३ खेल जित्दै पहिले कीर्तिमान बनाएको थियो ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ कायम गरेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अंक मात्रै छ । राति नै भएको खेलमा बोर्नमाउथ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Comments

comments