काठमाडौँ । २१ औं संस्करणको फुटबल महाकुम्भ मेला अर्को वर्ष रसियाको राजधानी मस्कोसहित ११ सहरमा हुँदैछ ।

रसियाले अहिले पनि १२ वटा स्टेडियम निर्माणलाई तीब्र परोको छ । जसमा कतिपय स्टेडियम तयार भइसकेका छन भने कतिपय निमार्णका क्रममा छन ।

शुक्रबार २१ औ संस्करणको विश्वकप खेलका लागि ड्र सार्बजनिक भएको छ । ड्र सार्वजनिक कार्यक्रममा विश्व फुटबलका महान हस्ती पनि जम्मा भएका थिए ।

३२ राष्ट्रलाई ८ समुहमा विभाजन गरी ड्र सार्बजनिक गरिएको हो । विश्वलाई एक सूत्रमा बाँध्ने फुटबलको महाकुम्भको तयारी अहिले रसियमा धमाधम भइरहेको छ ।

रसिया विश्वकपको उद्घाटन मस्कोस्थित लुजनिकी स्टेडियममा १४ जुनमा हुनेछ । जहाँ यो विश्वकपको पहिलो म्याचमा आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुनेछन् ।

त्यसैगरी १५ जुलाईमा हुने फाइनल खेल पनि ८१ हजार दर्शक क्षमता भएको यही स्टेडियमा हुनेछ । रसियाले ११ सहरका १२ वटा स्टेडियममा विश्वकप खेलाउने तयारी थालिसकेको छ केही स्टेडियम बनिसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।

कुन कुन देशले खेल्दैछन् विश्वकप

जुन १४ देखि रुसमा हुने विश्वकपका लागि २०९ राष्ट्रमध्ये ३२ टोलीको टुंगो लागिसकेको छ । यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश विश्वकपमा पुगे ।

त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले स्थान बनाए ।

यस्तै सबैभन्दा थोरै जनसंख्या भएको आइसल्याण्डले विश्वकपको टिकट काटेको छ । आश्चर्यजनरुपमा पनामाले पनि विश्वकप २०१८ का लागि स्थान पक्का बनाइसकेको छ ।

को को अभागी भए ?

यो पटक ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले अफमा पुगेर पनि पेरुसँग हारेपछि विश्वकपको टिकट काट्न सकेन । रुस विश्वकपमा पटक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी लगायतका ठुला राष्ट्रहरु छनोट भए ।

तर, यो पटक चार पटकको बिजेत इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड र वेल्स जस्ता बलिया टोली समेत अभागी सावित भए ।

विश्वकप उद्घाटनदेखि समापन हुने स्टेडियम

Comments

comments