मेलबर्न । अष्ट्रेलियाको पीआरधारी भारतीय युवती कार दुर्घटनाका कारण देश निकालामा पर्न सक्ने सम्भावना बढेको छ। ३० वर्षिया ती युवतीको गत वर्षको जनवरी महिनामा भिक्टोरियामा कार दुर्घटना भएको हो ।

ब्वेफ्रेन्डसंग झगडा भएपछी उनले अत्यधिक मात्रामा रक्सी सेवन गरेर गाडी चलाएकी थिइन् । तिव्र गतीमा गाडी चलाएकी उनले १९ वर्षिया नताशा पिगटको गाडीलाई ठक्कर दिएकी थिइन् । दुर्घटनाले नताशाको मृत्यु भयो ।

घटनापछि पक्राउ परेकी भारतीय युवतीलाई हालै मात्र सात वर्षको जेल सजाय सुनाइएको छ। लामो जेल सजाय भोग्ने व्यक्तिलाई देशनिकाला गरिने अष्ट्रेलियाको नियम अनुसार, उनलाई देश निकाला गर्ने सम्भावना बढेको हो।

Comments

comments