काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको खुलासा गरेका छन् ।

नेकपा एमालेसँग वाम गठबन्धन गरेर चुनावी अभियानमा होमिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मोदीबीच दुई साताअघि मात्रै टेलिफोन वार्ता भएको हो ।

कपिलवस्तुको पकडीमा शनिबार भएको प्रतिनिधिसभा–१ को आमसभालाई अवधी भाषामा सम्बोधन गर्दै उनले मोदीसँग टेलिफोन वार्ता भएको खुलासा गरेका हुन् ।

‘दुई हप्ता पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मैले टेलिफोन संवाद गरेको थिएँ’, प्रचण्डले भने, ‘मोदीजीले नेपालको दीगो शान्ति र समृद्धिका लागि भारत सरकार र जनताको साथ रहेको बचन दिनुभएको छ ।’

सम्बोधनका क्रममा उनले ७० वर्षदेखिको राजनीतिक अस्थिरता र अराजकता अन्त्यका लागि छिमेकी राष्ट्रहरुले पनि वाम गठबन्धनलाई साथ दिएको प्रचण्डले जिकिर गरे ।

‘दुई हप्ता पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मैले टेलिफोन संवाद गरेको थिएँ’, प्रचण्डले भने, ‘मोदीजीले नेपालको दीगो शान्ति र समृद्धिका लागि भारत सरकार र जनताको साथ रहेको बचन दिनुभएको छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बामगठबन्धनको सरकार बने कुनै निरङकुशता नआउने स्पष्ट पार्नुभएको छ । चुनाव जित्नकै लागि मात्र निरङकुश शासनको कुरा आएकोले कुनै भ्रममा नपर्न प्रचण्डले आग्रह गर्नुभएको छ ।

उनले सम्बोधनका क्रममा वाम गठबन्धनले यसपाली बहुमत ल्याउने कुरामा कुनै शंका नरहेको पनि दाबी गरे । ‘वाम गठबन्धनसँग नआत्तिन कांग्रेसलाई आग्रह गर्छु’, उनले भने, ‘हामीले फुटेको वाम आन्दोलनलाई जोड्ने प्रयास गरेका हौँ । कांग्रेलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिन्छु ।’

उनले सम्बोधनका क्रममा नेपाल समृद्धिको दिशामा अघि बढिसेकेको भन्दै आगामी पाँच वर्ष भित्रमा देशलाई एशियाकै विकसित मुलुकमा पुर्याउने दाबी गरे ।

Comments

comments