नवलपरासी । नवलपरासीको नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शशांक कोईरालालाई भोट दिनुस् भन्दै आचारसंहिता विपरित औषधि वितरण भएको छ ।

शशांकको चुनावी क्षेत्र १ को गैँडाकोट वडा नम्बर–५, मा डा.शंशाकका मामा भनिने डा.विजय नाम गरेका एक ब्यक्तीले शशांकका लागि भोट माग्दै निःशुल्क औषधि वितरण गरेका हुन् ।

स्वास्थ्य शिविरका नाममा निःशुल्क औषधि बाँडेर भोट मागेको स्थानीयको भनाई छ । नवलपुर १ बाट नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

यसअघि पनि दुई पटकसम्म सोही क्षेत्रबाट निर्वाचित भएका डा.शशांक भूकम्पको बेला पहाडी गाउँमा फर्केर पनि नगएको तर चुनावको बेला दिनहुँ हेलीकोप्टरमार्फत आउजाउ गरेको भन्दै आलोचना भइरहेको छ ।

Comments

comments