एजेन्सी । मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छिन् । यस अघि मिस वर्ल्ड विजेता भारतक सुन्दरीहरुले बलिवुडमा प्रवेश गरेका थिए । त्यसैले मानुषी पनि बलिवुडमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

मानुषीलाई फिल्ममा डेब्यु गराउन बलिवुड निर्माता तथा निर्देशकहरुले प्रयास गरिरहेका छन् । नयाँ अनुहारलाई फिल्ममा ल्याउने मामिलामा अगाडी आउने सुपरस्टार सलमान खानले पनि मानुषीलाई फिल्मको लागि प्रस्ताव गरेको संचार माध्यमहरुले बताएका छन् ।

मानुषीले भने आफूलाई बलिवुड फिल्ममा देखिने इच्छा भएपनि अहिलेलाई हतार नगर्ने बताएकी छिन् । उनी यो समय आफ्नो पढाइ, समाजसेवा र भ्रमणको लागि खर्च गर्न चाहन्छिन् ।

Comments

comments