मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने अभियान केही समयदेखि तिव्र रुपमा अगाडी बढिरहेको छ। यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा पण्डित दिनबन्धु पोखरेलको कथावाचन सहितको सात दिने सप्ताह पुराणको आयोजना गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

एएनएमसीले सामुदायिक भवन निर्माणको लागि सक्रिय रुपमा काम गरिरहेको छ। एएनएमसीको यो अभियान बारे बोल्दै एएनएमसीका उपाध्यक्ष महेन्द्र कार्की भन्नुहुन्छ, ” सामुदायिक भवन निर्माणको लागि ठूलो रकम आवश्यक रहेको हुनाले महासप्ताह आयोजना गरिएको हो । महासप्ताहबाट १.५ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिएका छौं । यसबाट हामीले आफ्नै जग्गा किन्न सक्ने भयौं भने, राम्रो हुनेछ । सामुदायिक भवन निर्माण भैसकेपछि यहाँ रहेको नेपाली समुदायको लागि पशुपति र बौद्धनाथ मन्दिर सहितको भवन गौरव गर्न लायक भवन हुनेछ। त्यसैले यस कार्यको लागि सम्पूर्ण नेपालीहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं ।”

महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments