मेलबर्न । अष्ट्रेलिया सरकारले दक्ष पेशाको सूचीमा हेरफेर गरिरहेको छ। गत अप्रिलमा छोटो अवधि र मध्यम अवधि भिसा नियम ल्याएपछि दक्ष पेशाको सूचीमा जोड घटाउ चलिरहेको हो ।

मध्यम तथा लामो अवधिको लागि दक्ष पेशाको सूची आगामी वर्षको लागि पनि उही रहने देखिएको छ । तर, छोटो अवधिको भिसामा आउने दक्ष पेशाको सूचीमा भने सरकारले हेरफेर गर्ने संकेत दिएको छ । डिपार्टमेन्टले ती पेशामा ‘फ्ल्याग’ संकेत चिन्ह लगाएको हो।

आगामी वर्ष दक्ष पेशाको सूचीबाट हट्न सक्ने पेशाहरुमा हस्पिटालिटी म्यानेजर, सलुन म्यानेजर, रिक्रुटमेन्ट कन्सल्टेन्ट, बिल्डिंग एसोसिएट रहेका छन् । युनिभर्सिटी ट्युटर, साइकोथेरापिस्ट, प्रपर्टी म्यानेजर, रियल स्टेट एजेन्ट, रियल स्टेट रिप्रिजेन्टेटिभ भने सूचीमा थपिन सक्ने सम्भावना रहेको छ।

Comments

comments