सवारीका साधन थप गर्ने सरकारको निर्णय संगै दशैंको समयमा यातायात व्यवस्थापन गर्न यातायात व्यवसायीहरुले गाडी सापटी दिने भएका छन् ।

आफूहरुको उद्धेश्य दशैंका बेला यात्रुलाई समस्या नआओस् भन्नेमा केन्दि«त रहेको यातायात व्यवसायीको भनाई छ । सवैभन्दा धेरै सवारी साधन आफू मातहतमा रहेको पश्चिम नेपाल बस व्यवसायी संघले आफूले यातायात सञ्चालन गर्ने रुटहरुमा मात्र नभई आवश्यकता र माग अनुसार अन्य व्यवसायी संस्थाहरुलाई समेत सवारी साधन सापटीमा दिने तयारी गरिरहेको जनाएको छ ।

संघका महासचिव एवं नेपाल यातायात व्यवसायी महासंघका वस तर्फका वर्गीय संयोजक जिवन कुमार बञ्जाडेले पश्चिम नेपाल बस व्यबसायी संघसंग पर्याप्त बसहरु रहेकोले आफ्नो संस्थाले अन्य संस्थाले मागेको खण्डमा दशैको अवधीका लागी सवारी साधन सापटी दिने गरी तयारी गरेको बताउनुभयो ।

Comments

comments