चाहिने सामग्रीहरु

  •  उमालेको मेक्रोनी –८०० ग्राम
  •  वटर –६० मिलिलिटर
  • लसुन पेष्ट – ३ चम्चा
  • तेजपत्ता – २ वटा
  • ह्वाईट फ्लावर – १०० ग्राम
  • दुध – ८०० मिलिलिटर
  • अरिगानो – २ चम्चा
  • रोज मेरी – २ चम्चा
  • नून – स्वादअनुसार
  • मरिचको धुलो – स्वाद अनुसार
  • कोरेसोमा कोरेको चिप्स– २०० ग्राम

 

बनाउने विधि

  • सुरुमा एउटा भाँडोमा वटर राख्ने र वटर तातिसकेपछि लसुन पेष्ट राख्ने ।
  • त्यसपछि तेज पत्ता राखेर हल्कासँग चलाउने र मैदा राख्ने ।
  • मैदा पनि तातिसकेपछि ४ मिनेटसम्म राम्ररी चलाउने ।
  • दुध, अरिगानो, रोजमेरी, नून र मरिचको धूलो राखेर केहि समयसम्म पकाउने ।
  • त्यसपछि कोरेको चिप्स राख्ने र वोइल गरेको मेक्रोनी पनि राखिदिने ।
  • पाकेको मेक्रोनी चिज ससलाई एउटा वाउलमा राख्ने र माथीबाट पासर्लिले सजाउने ।
  • यतिगरिसके पछि मेक्रोनी चिज सस तयार हुन्छ ।

macrocy cheese sause

Comments

comments