इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई आर्सनलले बराबरीमा रोक्दै अंक बराबरी गरेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा हिजो भएको खेलमा ८३ औं मिनेटमा सिटीका डिमिकेलसले गोल गर्दै आर्सनलसँग अंक खोस्न सफल भएको हो । सिटीले २८ औं मिनेटमा सर्जियो अग्युरोको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको ६३ औं मिनेटमा आर्सनलका ज्याक विलसेयरले उत्कृष्ट गोल गर्दै बराबरी पु¥याएका थिए ।
त्यस्तै, ७२ औं मिनेटमा आर्सनलका एलेक्स सान्चेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा लगेका थिए । तर, ८३ मिनेटमा डिमिकलेसले गरेको गोलपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा टुंगिएको थियो ।

यस्तै, डिएगो कोस्टाको हृयाट्रिकको मदतमा चेल्सीले इग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले स्वान्सीलाई ४  गोल अन्तरल पराजित गर्न सफल भएको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा स्वान्सीले जोन टेरीको आत्मघाती गोलको मदतमा सुरुवाति अग्रता लिएको थियो । यसैगरी  खेलको अन्त्यतिर नेयमारको दुई गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । गए राति भएको खेलमा बार्सिलोनाल्ऽे एथ्ल्ऽेटिको बिल्बाओलाई २ ० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेयमारले पाँच मिनेटभित्र दुई गोल गरेका थिए । बार्सिलोनाले गोल गर्न नसकिरहेको समयमा उनी ६३ औं मिनेटमा मुनिरको स्थानमा मैदान प्रवेश गरेका हुन् । खेलको ७९ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनाल्ऽाई अग्रता दिलाए । ८४ औं मिनेटमा लिओनल मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नेयमारले बार्सिलाृनालाई महत्वपूर्ण तीन अंक दिलउन सफल भएका हुन् ।

Comments

comments