मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुद्वारा संचालीत थुप्रै शिक्षक संस्था तथा कन्सल्टेन्सीहरु छन् । यीनै मध्ये विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिनको लागि भरपर्दो साथी बनेर आएको छ नेपालमा समेत कार्यालय भएको मेट्स एजुकेशन एण्ड कन्सल्टेन्सी ।

कन्सल्टेन्सीको मूख्य कार्यालय ब्रिसबेनमा छ भने अडेलेड, मेलबर्न लगायत सहरहरुमा शाखा कार्यालय रहेको छ । कन्सल्टेन्सीको मेलबर्नमा रहेको शाखा कार्यालयका निर्देशक शंकर दरेलले विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलियामा उनीहरुको अध्ययन तथा करियर यात्रालाई सहज ढंगले अगाडी बढाउनु कन्सल्टेन्सीको मूख्य उद्देश्य हो।

कन्सल्टेन्सीको तर्फबाट विद्यार्थीहरुलाई सुझाव दिंदै उहाँ भन्नुहुन्छ, ” अष्ट्रेलिया आउने विद्यार्थीहरु हतास भएर सानो काम गर्न थाल्छन् र त्यसमै सधै अल्झिरहन्छन् । विद्यार्थीहरुले आफ्नो पढाइको मूख्य उद्देश्यलाई केन्द्रमा राखेर आफ्नो पढाइसंग मिल्दो काम गर्नुपर्छ। नेपाली विद्यार्थीहरुमा आत्मविश्वासको कमी हुन्छ। आफूमा आत्मविश्वास भर्नुहोस्, देश छोडेर यति टाढा, यहाँ आइसकेपछि आफ्नो लक्ष्यलाई पछ्याउदै आफ्नो सपना साकार पार्नुहोस् ।”

भिएतनाम, श्रीलंका लगायत एसियालाई मुलुकमा आफ्नो शाखा विस्तार गर्ने योजनामा रहेको मेट्स कन्सल्टेन्सीका शाखाहरु नेपालको काठमाडौंमा दुई वटा, चितवनमा दुई वटा, बुटवल र पोखरामा एक-एकवटा रहेका छन्

तस्बिर स्रोत

Comments

comments