मेलबर्न । अष्ट्रेलियाको मेलबर्न अहिले महासप्ताहको तयारिमा जुटिरहेको छ। मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउनको लागि आवश्यक सहयोग रकम संकलन गर्ने उद्देश्य सहित महासप्ताहको आयोजना गरिएको हो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने सप्ताह पुराण भव्यताका साथ सम्पन्न गर्नको लागि एएनएमसी संगै नेपाली समुदायका अगुवाहरु लागिपरिरहेका छन् । सामुदायिक भवन निर्माणको अभियानमा सक्रिय रुपमा लागिरहनुभएका टोनु घोतानेले सामुदायिक भवन र सप्ताहको बारेमा बताउँदै भन्नुभयो, ” मेलबर्नमा नेपाली समुदाय आफ्नै भवन निर्माणको लागि लागिपर्नु आफैमा तारिफयोग्य छ। म त भन्छु, प्रत्येक राज्यमा नेपालीहरुको आफ्नै भवन हुनुपर्छ। र, मेलबर्नमा सामुदायिक भवनसंगै पशुपतिनाथ र बौद्धनाथ मन्दिर निर्माण हुनुभन्दा ठूलो कुरा, विदेश बस्ने नेपालीहरुलाई के होला र ? त्यसैले हामी सबै मिलेर यो महासप्ताह सफल बनाउन एकजुट बनेर लागिपरौं । हामी सक्छौं। ” घोताने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष हुनुहुन्छ ।

सामुदायिक हितको लागि सहयोगी बन्ने आशा लिइएको यो महासप्ताह पुराण आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ ।

 

Comments

comments