काठमाडौं । फिल्म हेर्दा रुने मान्छेहरुलाई हामीले गिज्याउँछौं । उनीहरुले रुन्चे वा कमजोर नाम दिन्छौं । तर, वास्तवमा फिल्म हेर्दा रुने मान्छेहरु अरुको तुलनामा मनदेखि नै बलियो हुन्छन् । मनोविज्ञान सम्बन्धि एक अनुसन्धानले यस्तो बताएको हो ।

अध्ययनका अनुसार, फिल्म हेर्दा रुने मान्छेमा अरुको भावना र मनोविज्ञान बुझ्न सक्ने क्षमता हुन्छ । उनीहरुले अरुको भावनालाई राम्रोसंग बुझ्न सक्छन् , जसले गर्दा सम्बन्धका मामिलामा पनि उनीहरु राम्रो हुन्छन् ।

यस्ता व्यक्तिहरुमा नेतृत्व गर्न सक्ने क्षमता तथा व्यवस्थापकीय क्षमता हुन्छ। किनकी उनीहरु मानव स्वभावलाई राम्ररि बुझ्न सक्ने हुन्छन् । यी व्यक्तिहरु आफ्नो आँशु वा हाँसो बाहिर निकाल्न हिचकिचाउदैनन् । जसले गर्दा उनीहरु कुण्ठा रहित र कम चिन्तित रहन्छन् र, यही कारणले उनीहरुको जीवन खुशी रहन्छ ।

तस्बिर स्रोत

Comments

comments