काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका सागर आलेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको ‘पल्लो घरकी कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक भएको केही दिन मात्रै हुँदा यो गीतलाई अहिलेसम्म पांच लाख पटक हेरिएको छ । २० हजारले लाइक मात्रै गरेका छन् मनोज थापा मगरको शब्द संगीत रहेको गीतको भिडियोमा क्यामेरा हरी घलेले चलाएका छन् ।

सागर आफै फिचरिङमा हुँदा उनको अपोजिटमा अभिनेत्री तथा मोडल मिरुना कगर छिन् । पछिल्लो समय देश विदेशका स्टेज तताइरहेका सागर नेपाली संगीत क्षेत्रका चम्किलो नक्षत्र मानिँदै आएका छन् ।

Comments

comments