काठमाडौं । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु ठगिने र गलत सुचना पाउने गरेका घटनाहरु अत्यधिक सुनिन्छन्। त्यस्ता गलत सुचनाबाट जोगाउँदै सही सुचना र सल्लाहका साथ विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ काठमाडौंमा भिजा एण्ड एजुकेशन कन्सल्टेन्ट केन्द्र खुलेको छ ।

लामो समयदेखि काठमाडौंका कलेजहरुमा शिक्षक, व्यवस्थापक, निर्देशक, प्रधानाध्यापक जस्ता पदहरुमा रही शैक्षिक क्षेत्रमा निरन्तरलागिरहनुभएका राजु काफ्लेले ‘पेन’ कन्सल्टेन्ट केन्द्र संचालनमा ल्याउनुभएको हो ।

केही दिन मात्र अगाडी देखि संचालनमा आएको कन्सल्टेन्ट केन्द्रबारे संचालक काफ्ले भन्नुहुन्छ , ” म आफै शैक्षिक क्षेत्रमा लागेको र विद्यार्थीहरुको चाहना बुझेको हुनाले, मैले कन्सल्टेन्ट केन्द्रको योजना बनाएको थिएँ। विद्यार्थीहरुको चाहना, प्रतिभा र योग्यताका अनुसार सही सल्लाह दिएर उनीहरुलाई अष्ट्रेलिया, अमेरिका र जापान अध्ययन गर्ने सपना पूरा गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो । ”

पुतलीसडकमा रहेको ‘पेन’ कन्सल्टेन्ट केन्द्रबारे विस्तृत जानकारी लिन वा सेवा लिन चाहने विद्यार्थी तथा अभिभावकले ०१-४२४८०८६ अथवा ०१-४२४८११६ मा सम्पर्क गर्न सक्नेछन् ।

Comments

comments