काठमाडौं । एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । इपिएल क्रिकेट प्रतियोगिता आउँदो पुस ३ गतेदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार, प्रतियोगिताको उद्घाटन खेलमा पुस ३ गते सोमबार काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट खेल्ने भएका छन् ।

१२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् । प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्ट, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।

Comments

comments