मेलबर्न । अष्ट्रेलियामा पढाइ पछि विद्यार्थीहरुले पाएको रोजगार सम्बन्धमा गरिएको अनुसन्धानको तथ्यांक सार्वजनिक गरिएको छ । ग्राजुएट आउटकम सर्भेले तथ्याङ्क सार्वजनिक गरेको हो ।

तथ्यांकमा २०१४ पछि २०१७ सम्मका वर्षहरुलाई अनुसन्धानको समय बनाइएको छ । पढाइ सकेको चार महिना देखि तीन वर्षसम्म विद्यार्थीले आफ्नो पढाईको क्षेत्रमा पाएको रोजगारीको बारेमा अध्ययन गरिएको बताइएको छ । यो २०१४ को ग्राजुएसन सर्भेमा आधारित छ ।

२०१४ मा फुल टाइम जागिरमा, मेडिकल पढेका विद्यार्थीहरु धेरै रोजगार थिए । ९७.७ प्रतिशत मेडिकल विद्यार्थीहरुले योग्यता अनुसारको काम पाएका थिए । त्यस्तै फार्मेसीका ९२.५ प्रतिशत, क्रिएटिभ आर्ट्सका ४५.८ प्रतिशत, टुरिजम, हस्पिटालिटी र पर्सनल सर्भिसका ४८.४ प्रतिशत र विज्ञान तथा गणितक ४८ प्रतिशत विद्यार्थीहरुले आफ्नो पढाइ अनुसारको काम पाएका थिए । यो आधारमा हेर्दा २०१७ मा रोजगारी बढेको छ।

त्यस्तै फुल टाइम, पार्ट टाइम गरि समग्रमा २०१४ मा गणित तथा विज्ञान ८५ प्रतिशत, कम्प्युटिंग तथा आइटि ८५.८ प्रतिशत, क्रिएटिभ आर्ट्स ८५.८ प्रतिशत, कृषि र निर्माणमा ८६.१ प्रतिशत, इञ्जिनियरिङ्गमा ८६ प्रतिशत, मेडिकलमा ९७.९ प्रतिशत, फार्मेसीमा ९७.५ प्रतिशत , र नर्सिङ्गमा ९६.२ प्रतिशत विद्यार्थीले रोजगार पाएका थिए । यो आधारमा हेर्दा २०१७ मा रोजगारी बढेको छ।

काम अनुसारको तलबमा पनि २०१४ देखि २०१७ मा आइपुग्दा केही बढेको देखिन्छ । हेर्नुहोस् , पूरा तथ्यांक :

Graduate Outcomes Survey

Graduate Outcomes Survey

Comments

comments