काठमाडौं । धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरेको जोडीले वैवाहिक सम्बन्धको १० वर्षमा प्रवेश गरेको छ । कलादेखि समाजसेवामा प्रवेश गरेको यो जोडीले वैवाहिक वर्षगांठको अवसर पारेर म्युजिक भिडियो रिलिज गरेका छन् ।

प्रेम र रोमान्समा आधारित गीत ‘उनी र म’ लाई संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलिया लेखेका हुन् । उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् ।

धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज) को कोरियोग्राफी रहेको छ।

भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् ।

Comments

comments