एजेन्सी । विद्यार्थीलाई फेल गराउने धम्की दिएर आफू संग यौनसम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ परेकी छिन् । कोलम्बियाकी ४० वर्षिया विवाहित शिक्षिका पक्राउ परेकी हुन् ।

४० वर्षिया योगास्ताले १६ र १७ वर्षका आफूले पढाउने किशोर छात्रहरुलाई मोबाइलमा आफ्ना अश्लिल फोटोहरु पठाउने गर्थिन् र यौन सम्पर्कको लागि आफूसंग भेट्न भन्थिन् । आफूले भनेको नमान्ने विद्यार्थीहरुलाई उनले फेल गराउने धम्की दिन्थिन् ।

एक विद्यार्थीको बुवाले एकदिन आफ्नो छोरोको मोबाइल आएको अश्लिल फोटो देखेपछि घटना बाहिर आएको हो। विवाहित योगस्तालई उनका श्रीमानले सम्बन्ध विच्छेद दिने भएका छन् भने उनलाई ४० वर्षको जेल सजाय समेत सुनाइएको छ ।

Comments

comments