मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना गरिने भएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

महासप्ताहलाई भव्यताका साथ सफल पार्दै लक्ष्य अनुरुपको सहयोग रकम जुटाउन महायज्ञ व्यबस्थापन मुल समारोह समिती गठन गरिएको छ, जसको अध्यक्षमा डा. चन्द्र दिपक पोखरेल हुनुहुन्छ । महासप्ताहको बारेमा हामीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, ” सामुदायिक भवन निर्माणको लागि त्यति धेरै सहयोग रकम जुटाउन महासप्ताहलाई मूख्य उपाय ठानेर यसको आयोजना गरिएको हो। यो सप्ताह पनि हामीसबैको एकताको रुप, आस्था र संस्कृति हो भने, सामुदायिक भवन पनि हामी सबैको साझा हो । त्यसैले यसलाई सफल बनाउन सबैले सक्दो सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। ” साथै उहाँले सामुदायिक भवन बनाउनु भनेको आगामी पुस्ताप्रतिको दायित्व भएको बताउनुभयो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने सप्ताह पुराण, आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ । सबैको सहभागितामा भव्यताका साथ् सम्पन्न हुने विश्वास रखिएको उक्त सप्ताह पुराणबाट साढे एक मिलीयन डलर भन्दा बढी उठाउने लक्ष्य लिइएको छ ।

Comments

comments