काठमाडौं । भर्खरै मात्र मिस वर्ल्ड २०१७ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताबाट भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ घोषित भएकी छिन्। उनी मेडिकल विद्यार्थी हुन् ।

मिस वर्ल्ड बनेकी मानुषीले करिब ५ करोडको ताज सहित १६ करोड रुपैयाँ नगद पुरस्कार पाएकी छिन् । यसबाहेक विश्वभरका प्रसिद्ध डिजाइनरहरुले आफ्नो डिजाइनका गहना तथा कपडाहरु उनलाई उपहार दिएका छन् ।

एक वर्षभरि विश्वयात्रा गर्न पाउने मानुषीलाई विभिन्न कस्मेटिक ब्राण्डहरु तथा विभिन्न कम्पनीहरुले स्पोन्सर समेत गर्नेछन् ।

Comments

comments