एजेन्सी । चीनलाई विकासको मामिलामा फड्को मारिरहेको देशको रुपमा चिनिन्छ । फिल्म क्षेत्रमा समेत चीन अगाडी आएको छ र यसले फिल्मको व्यापारमा भारतलाई समेत पछि पारेको छ ।

चीनमा यस वर्ष विदेशी चलचित्रहरूले राम्रो कमाइ गरेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् । चीनको स्टेट एडमिनिस्ट्रेसन अफ प्रेस, पब्लिकेसन, रेडियो, फिल्म एन्ड टेलिभिजनका उपनिर्देशक झाङ हाङसनले सन् २०२० सम्म चीनमा वार्षिक ८०० फिल्म बन्न सक्ने र वार्षिक बक्स अफिस कमाइ करिब ७० अर्ब युआन पुग्ने अनुमान गरेका छन् । उनी भन्छन्, ‘अब चीन संसारको नयाँ फिल्म निर्माण केन्द्र बन्न सम्भव रहेको छ ।’ अघिल्लो वर्ष चीनमा घरेलु चलचित्रको कमाई ५२.४ प्रतिशत रहेको र चीनको बक्स अफिसमा पचास अर्ब युआनको कमाइ भएको थियो ।

सन् २०२० सम्म संसारकै सबभन्दा ठूलो बजार बन्ने लक्ष्य निर्धारण गरेको छ । सन् २०२० सम्म चीनले ६० हजारभन्दा बढी सिनेमा स्क्रिन बनाउने उद्देश्यअनुरूप काम गरेको छ ।

Comments

comments