काठमाडौं । बलिवुड स्टार अक्षय कुमार गर्भवती बनेका छन् । उनले आफ्नो गर्भबाट ६ सन्तानलाई जन्म दिने भएका हुन् ।

अक्षय कुमारले ट्वीटरमा आफू गर्भवती भएको फोटो राखेपछि, उनका फोटोहरु भाइरल भएका छन् । वास्तवमा उनी आफूले संचालन गर्न लागेको टेलिभिजन शोको लागि गर्भवती बनेका हुन् ।

अक्षय कुमारले ‘ द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज लिएर स्टार प्लस मार्फत दर्शकसामु आउंदै छन् । शोको प्रोमोमा अक्षय कुमारलाई गर्भवती देखाइएको छ ।

Comments

comments