मेलबर्न । भवन गणेश र बुद्धलाई मासु खाएको देखाउने अष्ट्रेलियन कम्पनिले माफी मागेको छ । आफ्नो विज्ञापनको एक भिडियोमा भगवानहरुले मासु खाएको देखाएको मिट एण्ड लाइभस्टक अष्ट्रेलियाले माफी मागेको हो ।

विज्ञापनको चौतर्फी विरोध पछि विज्ञापन हटाइएको थियो। त्यसपछि भारतीय मूलका कार्तिक अरासुले विज्ञापनले विश्वभरका सम्पूर्ण हिन्दु हिन्दुहरुको मन दुखाएको, उनीहरुको आस्थामा चोट पुर्याएको भन्दै माफी माग्न माग गरि कम्प्लेन फाइल गरेका थिए । अरासुको त्यो मागपछि कम्पनीले उनलाई माफीपत्र पठाएको छ । उनी लगायत अरु व्यक्तिहरुको चित्त दुखाएकोमा माफी, भनि पत्रमा उल्लेख गरिएको छ।

तर, अरासुले भने आफ्नो माग आफूसंग मात्र नभएर सम्पूर्ण हिन्दु समुदायसंग माफी माग्नुपर्ने रहेको बताएका छन् । उनले यो माफी पत्रले अष्ट्रेलियामा अरु समुदायलाई भेदभाव गर्ने वा आत्मसम्मानमा चोट पुर्याउने काम भने कम गर्न बताएका छन् ।

यस्तो छ कम्पनीले उनलाई पठाएको पत्र

apology lamb ad

स्रोत : SBS News

Comments

comments