मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा दक्षिण एशियाली सल्लाहकार परिषद गठन हुनेभएको छ । दक्षिण एसियाली क्षेत्रका देशहरुको प्रतिनिधित्व हुनेगरी भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रविन स्कटले सल्लाहकार परिषद् गठन गर्ने भएका हुन् ।

मन्त्री स्कटले संसदमा पत्रकार सम्मेलन आयोजना गरि आफ्नो यो योजनाबारे सार्वजनिक गरेका हुन् । उनका अनुसार, सल्लाहकार परिषदमा भिक्टोरियन मल्टिकल्चरल आयोगका संयोजक पदेन रहनेछन् भने मन्त्री स्वयंले संयोजन गर्नेछन् । बाँकी २५ जना सल्लाहकार नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जन्म भई भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका व्यक्तिहरुमध्येबाट लिने तयारी गरिएको छ। यो २५ सदस्यको लागि व्यक्तिगत विवरणसहित निवेदन दिनका लागि समूदायका सदस्यहरुलाई आग्रह गरिएको छ। निवेदन आगामी २२ डिसेम्बरभित्र [email protected] मा पठाउन सकिनेछ ।

यो परिषद्ले मन्त्रीलाई समूदायका विविध पक्षका विषयमा सल्लाह दिनेछ । दक्षिण एशियाली क्षेत्र मूल घर भई अहिले अष्ट्रेलयामा रहँदै आएको समूदायको आवाज सुनियोस् भन्ने नै परिषदको मूख्य उद्देश्य रहेको बताइएको छ । तस्बिर स्रोत 

हेर्नुहोस्, प्रेस विज्ञप्तिको पूरा विवरण :

Comments

comments