मेलबर्न। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले दक्ष पेशाको मागको सूचीबाट दुई वटा पेशा हटाएको छ। यी दुई पेशाको लागि इओआइ धेरै मात्रामा पठाइएको भन्दै दक्ष पेशाको सूचीबटा हटाएको हो ।

हटाइएका पेशाहरु फाइनान्स म्यानेजर र १९० भिसा सबक्लासको लागि रेस्टुरेन्ट म्यानेजर हुन् । ४८९ सब्कलास भिसाको लागि भने यो पेशा उपलब्ध छ ।

गत अक्टोबरमा १९० र ५८० सबक्लास इन्टरस्टेट भिसा नलिने घोषणा गरेको सरकारले नोभेम्बर २७ देखि नै लागु हुनेगरि दक्ष पेशामा कटौती गरेको हो ।

Comments

comments