हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा विमान दुर्घटना भएको छ । मंगलबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडान भर्ने क्रममा तारा एयरको ९ एनए एबीएम कल साइन भएको विमान दुर्घटना भएको हो ।

चुनावमा खटिएका नेपाल प्रहरीका टोलीलाई हुम्लाबाट सुर्खेत लैजाने क्रममा बिहान ९ बजेर ४३ मिनेट जाँदा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । विमानमा ३ जना चालक दलका सदस्यसहित १३ जना प्रहरी सवार

रहेको बताइएको छ । घाइतेहरुलाई उपचारकालागि नेपालगञ्ज अस्पताल ल्याइएको छ ।

दुर्घटनामा विमान चालक घाइते भएका छन् भने विमानको अगाडिको भागमा क्षति भएको छ ।

Comments

comments