मेलबर्न । चर्चित गायन प्रतियोगिता ‘नेपाल आइडल’ का प्रतियोगीहरु आफ्नो प्रस्तुति दिनको लागि अष्ट्रेलिया आइपुगेका छन् । उनीहरुले अष्ट्रेलियाको मेलबर्न लगायत विभिन्न सहरहरुमा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

एक्सेस एन्टरटेन अष्ट्रेलियाले आयोजना गरेको मेलबर्नमा हुने कार्यक्रमलाई भव्यताका साथ सफल पार्नको लागो कंडेल कन्सल्टेन्सीले कार्यक्रमको मूख्य प्रायोजन गरेको छ। नेपाल आइडल विद्यार्थीहरुको लागि आकर्षण हुनु तथा उनीहरुको रिफ्रेसमेन्टको लागि यो कार्यक्रम राम्रो अवसर हुन् सक्ने भएकोले, विद्यार्थीहरुको लागि नै संचालनमा ल्याइएको यस कन्सल्टेन्सीले प्रायोजन गरेको, संचालक राज कंडेल बताउनुहुन्छ।

कार्यक्रमको जानकारी दिंदै उहाँ बताउनुहुन्छ, ” म आफै संगीत प्रेमी हूँ र नेपाली संगीतलाई यहाँ बस्दा मिस गरिरहेको हुन्छ। म जस्तै यहाँ सबैजसो नेपालीहरुले नेपाली संगीत र नेपाली खानालाई मिस गरिरहनुभएको छ। त्यो रिक्तता र यादलाई केही हदसम्म मेटाउनको लागि नेपाली खाना र गीतसंगीतको यो कार्यक्रमलाई भव्य बनाउनुपर्ने लागेकोले पनि मैले कार्यक्रमलाई सहयोग गर्नुपर्ने ठानेको हूँ ।” साथै उहाँले, नेपाली संगीतलाई विदेशीहरुमाझ पुर्याउन तथा नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न समेत यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो।

नेपाल आइडलका विजेता बुद्ध लामा सहित निशान भट्टराई, प्रताप दास र गायिका प्रमिला राईले समेत कार्यक्रममा प्रस्तुती दिनेछन् । नेपाली खाना सहितको यो भव्य सांगीतिक कार्यक्रम डिसेम्बर ३ मा ब्याटम्यान रोयाल, कोबर्गमा हुनेछ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुको लागि कंडेल कन्सल्टेन्सीमा सेवा लिन जाँदा विशेष छुट सहित सुविधा मिल्नेछ ।

कन्सल्टेन्सीले विगत केही वर्ष देखि यस्तै विभिन्न कार्यक्रमलाई स्व:स्फूर्त रुपमा प्रायोजन गर्दै र विद्यार्थीहरुलाई विभिन्न सहयोग तथा साथ दिंदै आइरहेको छ।

Comments

comments